बिहीबार बेलायतको लन्डनस्थित वानवेबले अन्तरिक्षबाट विश्वभर इन्टरनेट सेवा वितरण गर्न भूमिका खेल्ने ३६ वटा सेटेलाइट ‘भू–उपग्रह’ सफलतापूर्वक प्रक्षेपण गरेको बीबीसीले जनाएको छ।
यससँगै सो कम्पनीको भू–उपग्रह संख्या अन्तरिक्षमा २५४ पुगेको छ। तर विश्वभर इन्टरनेट प्रदान गर्नको लागि वानवेबलाई थप भू–उपग्रहको खाँचो छ।
यस वर्षको अन्त्यसम्ममा भने वानवेबले यी सेटेलाइटहरुको माध्यमबाट इन्टरनेट सेवा सुरुवात गर्नसक्ने जनाइएको छ।
वानवेबका कार्यकारी अधिकृत निल मास्टर्सनका अनुसार अन्तरिक्षबाट इन्टरनेट सेवा सुरुवात गर्न कडा मिहिनेत लाग्नेछ।
उनका अनुसार ५० डिग्री उत्तरी आक्षांशदेखि उत्तरी ध्रुवसम्म सेटेलाइटको माध्यमबाट कनेक्सन स्थापना गरिनेछ।
जसले उत्तरी युरोप, ब्रिटेन, ग्रिनल्यान्ड, क्यानडा, अलास्का र आइसल्यान्डसम्म इन्टरनेटको पहुँच पुग्नेछ।
प्रतिक्रिया