ad ad

प्रविधि


लाइक लुकाउन मिल्ने फिचर थप्दै इन्स्टाग्राम

लाइक लुकाउन मिल्ने फिचर थप्दै इन्स्टाग्राम

नेपालखबर
जेठ १५, २०७८ शनिबार ८:१७,

सामाजिक सञ्जाल फेसबुकको स्वामित्व रहेको कम्पनी इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ ।

कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो ।

यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने फलोअरको युजरनेम देख्न पाउनेछन् । त्यसमा लाइक गर्ने संख्या देखिनेछैन । यो टुल सन् २०१९ मै धेरै देशमा परीक्षण गरिएको थियो । तर अब भने यो विश्वभर लागू हुने कम्पनीले जनाएको छ ।

इन्स्टाग्रामका मालिक आदम मोसेरीले यो फिचर आउन समय लागे पनि आफू निकै उत्साहित भएको बताएका छन् ।

यो फिचरको परीक्षण र अनुसन्धानको क्रममा इन्स्टाग्रामले लाइक हटाउँदा व्यवहारमा सानो प्रभाव पर्ने बताएको थियो । किन कि कतिपय प्रयोगकर्ताले थोरै लाइक पाउँदा मानसिक चिन्ता गरेको भन्दै केही असन्तुष्टि आएको थियो ।

भर्खरै भएको अक्सफोर्डको इन्टरनेट इन्स्टिच्युट स्टडीले सामाजिक सञ्जाल र किशोरावस्थाका युवायुवतीको मानसिक स्वास्थ्यबीच थोरै सम्बन्ध देखिएको पाएको थियो ।

यसका बाबजुद इन्स्टाग्रामले मानिसहरुलाई असल अनुभव होस् भनेर यो फिचर ल्याएको मोसेरीले बताएका छन् । बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .