सामसङ ग्यालेक्सी एम५१ ले आइफोन, एमआईजस्ता किफायती ब्याट्री भएको फोनलाई पनि पछाडि पारेको हो।
स्मार्टफोनको क्यामेरा र ब्याट्रीको क्षमता जाँच्ने एजेन्सी डीएक्सोमार्कले साङसङको ग्यालेक्सी एम५१लाई सबैभन्दा बढी ८८ अंक दिएको हो।
डीएक्सोमार्कका अनुसार सामसङको यस फोनको ब्याट्री सामान्य हिसाबले प्रयोगगर्दा ३ दिनसम्म टिक्छ। डिस्प्लेको ब्राइटनेस पुरै घटाएर चलाएमा यो १०४ घण्टासम्म चल्ने पनि जनाइएको छ।
यस्तै गेम र भिडिओ हेर्दा यो फोन २ दिनसम्म चल्छ। ७ हजार एमएएच ब्याट्री पावर भएको यस फोन फुल र्चा हुन २ घण्टा २५ मिनेट लाग्छ।
3
Shares
प्रतिक्रिया