ad ad

प्रविधि


एप्पलले सार्वजनिक गर्‍यो नयाँ एअरट्याग, आइप्याड र आइम्याक, यी हन् तिनका फिचर्स

एप्पलले सार्वजनिक गर्‍यो नयाँ एअरट्याग, आइप्याड र आइम्याक, यी हन् तिनका फिचर्स

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ६:५४,

बीबीसीका अनुसार एप्पलले नयाँ एअरट्याग, आइप्याड र आइम्याक सार्वजनिक गरेको हो।

पहिले, एप्पलको उत्पादन प्रयोग गर्नेहरुको लागि एअरट्याग निकै उपयोगी छ। यसको मूल्य २९ अमेरिकी डलर हो। यो अप्रिल ३० देखि बजारमा पाइन्छ।

यसले आइप्याड तथा आइफोनमा ब्लुतुथ सिग्नल दिनेछ जसका कारण आफूले आइफोन तथा आइप्याड कहाँ राखिएको छ भनेर थाहा पाउन सकिन्छ। यसमा यू१ चिप्स हालिएको हुन्छ।

दोस्रो, नयाँ आइम्याक सात रङमा खरिद गर्न सकिन्छ। ११.३ मिलियन पिक्सेल गुणस्तर भएको नयाँ आइम्याकको डिस्प्ले २४ इन्चको हुनेछ। यसको क्यामेरा पहिलेभन्दा परिस्कृत छ। यसमा १६ जीबीको र्‍याम छ।

new imacआइम्याक

अन्त्यमा, नयाँ आइप्याड प्रोमा अल्ट्रा–वाइड क्यामेरा र फाइभजी कनेक्टीभिटी हुनेछ। एमवान चिप भएकाले नयाँ आइप्याडको ग्राफिक्स पहिलेभन्दा १५ सय गुणा राम्रो हुनेछ।

अनलाईन गेमिङको लागि केन्द्रित गरेर नयाँ आइप्याड निर्माण गरिएको हो। यसमा दुई टेराबाइट स्टोरेज छ।

NEW IPADआइप्याड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .