नासाको अन्तरिक्षयानले मंगल ग्रहमा पुर्याएको यस हेलिकप्टरले मंगल ग्रह खोज अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस हेलिकप्टरलाई ‘इनजेन्युटि मार्स–कोप्टर’ भनिएको छ। यो ४० सेकेन्डसम्म मंगल ग्रहको सतहमा १० फिट माथिसम्म उडेर अवतरण गरेको नासाले जनाएको छ।
मार्सको सतहमा हेलिकप्टर कहिल्यै नउडाइएकाले नासाले यो कार्य चुनौतीपूर्ण मानिएको थियो।
तर पहिलो खेपमै नासा मंगल ग्रहको सतहमा हेलिकप्टर उडाउन सफल भएको हो।
गत फेब्रुअरी महिनामा नासाको पर्सिभिअरेन्स रोभर मंगल ग्रहको जेजेरो क्रेटर भन्ने स्थानम अवतरण गरेको थियो। सोही रोभरमा यो हेलिकप्टर थियो।
(भिडिओ)
— NASA (@NASA) April 19, 2021"Wow!"
The @NASAJPL team is all cheers as they receive video data from the @NASAPersevere rover of the Ingenuity #MarsHelicopter flight: pic.twitter.com/8eH4H6jGKs
Shares
प्रतिक्रिया