ad ad

प्रविधि


ओपो एफ१९प्रो : नेपालमा चाँडै सार्वजनिक गरिने घोषणा

ओपो एफ१९प्रो : नेपालमा चाँडै सार्वजनिक गरिने घोषणा

नेपालखबर
फागुन १९, २०७७ बुधबार १०:२४,

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१९प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको हो।

अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडि लैजाने तयारी गरेको छ। फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ।

ओपो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ। हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन। तथापी, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ।

हाल सम्म कम्पनीले ओपो एफ१९प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन। तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौँ।

कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ। तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोनका बारे थप जानकारीका लागि ओपो नेपालको सामाजिक सञ्जाल पेजमा थप अपडेटका लागि अवश्य जानु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .