तर यो सुविधा अहिले भारत, ब्राजिल र जापानमा मात्र सुरुवात भएको हो।
एन्ड्रोइड तथा आइओएस दुवै अपरेटिङ प्रणाली भएका स्मार्टफोनमा भ्वाइस म्यासेजको सुविधा दिइएको छ।
तर अहिलेलाई माथि उल्लेखित देशमा मात्र यो सुविधा दिइएको छ।
परीक्षणको क्रममा रहेको यस फिचर्सअनुसार अब हामीले ट्विटरमा जोडिएका साथीलाई १४० सेकेन्ड लामो अडियो म्यासेज पठाउन सक्छौं।
ट्विटर इन्डियाका प्रबन्ध निर्देशक मनिष महेश्वरीका अनुसार भारत ट्विटरको प्रमुख बजार हो।
नयाँ सुविधाले भारतका प्रयोगकर्ताले आफ्नो भनाइहरु नयाँ तरिकाबाट राख्न पाउने उनको भनाइ छ। एनडीटीभी
प्रतिक्रिया