ad ad

प्रविधि


पृथ्वीलाई क्षुद्रग्रहबाट जोगाउन चिनियाँ वैज्ञानिकहरुले राडार प्रणालीको विकास गर्दै

पृथ्वीलाई क्षुद्रग्रहबाट जोगाउन चिनियाँ वैज्ञानिकहरुले राडार प्रणालीको विकास गर्दै

नेपालखबर
माघ २५, २०७७ आइतबार १२:४,

त्यहाँको सेना तथा सरकारको विज्ञानसँग सम्बन्धित संस्थाले सरकारलाई पृथ्वीमै सबैभन्दा शक्तिशाली र ठूलो राडार प्रणाली विकास गर्न सुझाव दिएका हुन्।

वैज्ञानिकहरुले प्रस्ताव गरेको राडार सिनजियाङको कासगरमा राखिनेछ। यो ३५ मिटर व्यासको हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यस राडार प्रणालीसँग जोडिएका एन्टिनाहरु जियामुसी, बेइजिङ, तियानजिन, सांघाइ र कुनमिङमा राखिनेछ।

चिनियाँ जनमुक्ति सेनाको बेइजिङ इन्स्टिट्युट अफ ट्र्याकिङ एन्ड टेलिकम्युनिकेसन टेक्नोलोजीका अनुसन्धानकर्ता प्रमुख लि हेइताओका अनुसार चिनियाँ योजनाले देशलाई साथै विश्वलाई फाइदा पुग्नेछ।

यसले पृथ्वीमा खस्ने क्षुद्रग्रहको सम्पूर्ण जानकारी दिनेछ। पृथ्वीलाई आफ्नो राडार प्रणालीले क्षुद्रग्रहको खतराबाट जोगाउने चिनियाँ अधिकारीहरुको भनाइ छ।

हालसम्म सौर्यमण्डलका ग्रह तथा क्षुद्रग्रहको जानकारी अमेरिकी राडार प्रणालीले मात्रै राख्दै आएको थियो। अब चीन पनि त्यस्ता राडार बनाउन सक्षम भएको बताइएको छ।

हालै चीनले अमेरिकापछि ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्ने क्षमताको एन्टी मिसाइल प्रविधिको सफल परीक्षण गरेको थियो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .