ad ad

प्रविधि


ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि बन्द !

ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि बन्द !

नेपालखबर
पुस २५, २०७७ शनिबार ०:३७,

ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाे ट्विटर अकाउन्ट @realDonaldTrump सधैँका लागि बन्द गरिदिएकाे छ। 

ट्विटरले लेखेकाे छ- हालै उनले गरेका ट्विटकाे समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जाेखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पकाे अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छाैँ। 

यसअघि यही जनवरी ६ का दिन भने ट्विटरले ट्रम्पको ट्विटर अकाउन्ट १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो।

गत बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै हिंसात्मक आक्रमण गर्दा एक जना प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ। बाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा त्यो आक्रमण भएको आरोप छ।

आक्रमणपछि पनि ट्रम्पले हिंसा भड्काउने पोस्ट जारी राखेको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको हो। एजेन्सी

याे पनि :  ‘राष्ट्रपति ट्रम्पले अब तुरुन्त कार्यालय छाड्नेछन्’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .