फेसबुकले पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिदिएको छ।
भ्वाइलेन्स नीति नाघेको भन्दै २४ घण्टाका लागि ट्रम्पको फेसबुक पेज लक गरिएको फेसबुकले जनाएको छ। यस अवधिमा उनले कुनै कुरा पोस्ट गर्न सक्दैनन्।
बुधवार अमेरिकी सदनको बैठक भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक प्रदर्शन गरेका थिए। सोही क्रममा ट्रम्पले प्रदर्शनकारीलाई सम्बोधन गरेको भिडियो फेसबुकले हटाउँदै अकाउन्ट लक गरिदिएकाे हाे।
3
Shares
प्रतिक्रिया