ad ad

प्रविधि


यूएइ र चीनपछि अमेरिकाले पनि पठायो मंगल ग्रहमा मार्स रोभर

यूएइ र चीनपछि अमेरिकाले पनि पठायो मंगल ग्रहमा मार्स रोभर

नेपालखबर
साउन १५, २०७७ बिहिबार १२:७,

नासाले बिहीबार फ्लोरिडाको केप कानाभेरल एयर फोर्स स्टेसनबाट प्रक्षेपण गरेको रकेट मंगल ग्रहतर्फ प्रस्थान गरेको छ।

अमेरिकाले यसअघि पनि आफ्ना रोवोटिक यानहरु मंगल ग्रहमा पठाइसकेको छ। केही समय अगाडि मात्र यूएइ र चीनले पनि रोवोटिक यानहरु मंगल ग्रह पठाएका छन्।

चीन र यूएइका यानहरु मंगल ग्रहतर्फ अगाडि बढिरहेको समयमा अमेरिकाले पनि मंगल अभियान सुरु गरेको हो।

नासाको यान आगामी सन् २०२१ को फेब्रुअरी १८ मा मंगल ग्रह पुग्ने बताइएको छ। चीन र यूएइका यानहरु पनि फेब्रुअरीमै मंगल ग्रह पुग्नेछन्।

मंगल ग्रहमा एलिएनको अस्तित्व छ कि छैन भन्ने बारेमा पनि नासाको यस रोभरले अध्ययन गर्ने न्युयोर्क टाइम्सले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .