एनएमबी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले एनएमबी बैंकमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरे।
यस अन्तर्गत दोस्रो पक्ष (सिप्रदी ट्रेडिङ)ले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने साथै एनएमबी बैंकले योग्यता पुगेका उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही सवारी साधन खरिद कर्जा प्रदान गर्ने सम्बन्धमा सहकार्य गर्ने लक्ष्य लिएको छ।
एनएमबी बैंकले १६९ शाखाहरु, ५ विस्तारित काउन्टरहरु र १३३ एटीएमहरु मर्फत ग्राहकहरुलाई सेवा पु-याउँदै आएको छ।
Shares
प्रतिक्रिया