ad ad

प्रविधि


कोरोनाबारे भ्रम फैल्याउने ट्वीटको अनुगमन हुने

कोरोनाबारे भ्रम फैल्याउने ट्वीटको अनुगमन हुने

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ११:४,

कोरोनाबारे गलत सूचना र समाचार तथा अफवाह फैल्याउने किसिमका ट्वीट ट्वीटरले हटाउने र अकाउन्ट नै पनि बन्द गर्नसक्ने जनाएको छ।

फेसबुक र युट्युबले यसअघि नै भ्रम फैल्याउने समाचार तथा पोस्टहरु देखिए त्यस्ता भ्रमपूर्ण पोस्टहरु हटाउने जानकारी दिइसकेको थियो।

विश्वभर सामाजिक संजालको प्रयोग हुन्छन्। गलत सूचनाले समाज नै गलत बाटोमा पुग्ने समाजशास्त्रीहरु बताउँछन्।

अमेरिकामा सामाजिक संजालको सरकारले निगरानी गर्नुपर्ने बताउँदै आएको छ। अमेरिकी सांसदले फेसबुक र ट्वीटरलाई बारम्बार यी सामाजिक संजालले जातिवादलाई प्रश्रय दिएको तथा यो मानहानीको लागि प्रयोग हुँदै आएको अरोप लगाएका छन्।

सामाजिक संजालले सबैलाई आफ्नो विचार र धारणा अभिव्यक्ति गर्न दिने भएकाले मानिसहरुले यसलाई गलत ढंगबाट प्रयोग गरिरहेको हुनसक्छन्।

ट्वीटर तथा फेसबुकले आफूहरुले गलत तथा मिथ्या सूचना र विचारको निगरानीलाई सशक्त बनाउँदै आएको जनाकारी दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .