ad ad

कला


लकडाउनकै बीच छायाँकन गरिएको सलमानको स्वर रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो)

लकडाउनकै बीच छायाँकन गरिएको सलमानको स्वर रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो)

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ११:२२,

बलिउडका सुपरस्टार अभिनेता सलमान खानको स्वर हरेको गीत ‘तेरेबिना’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

मंगलबार अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले दुवै सामाजिक सञ्जालमा गीतको भिडियोबको युट्युब लिंक समेत सेयर गरेका छन्।

म्युजिक भिडियो रिलिज भएको ४ घण्टामै २१ लाखले हेरिसकेका छन् भने २६ हजार ७ सयले कमेन्ट समेत गरेका छन्।

सलमानले केही समय पहिले सार्वजनिक गरेको टिजर पनि एकदमै मन पराइएको थियो। टिजर सार्वजनिक भएदेखि नै उनका शुभचिन्तकहरु गीतको भिडियोको पर्खाइमा थिए।

गीतको भिडियोमा सलमान खान र जैकलिन फर्नांडिजको को अभिनय रहेको छ। यो जोडीको रोमान्टिक अवतारलाई दर्शकले मन पराएका छन्। ‘रेस–३’पछि सलमान र जैकलिन पहिलोपटक यो गीतमा देखिएका हुन्।

गीतको म्युजिक भिडियोको निर्देशन पनि सलमान आफैँले गरेका छन्। गीतमा अजय भाटियाको संगीत र शबिर अहमदको रचना रहेको छ।

यो गीतको सुटिङ लकडाउनकै बीचमा सलमानकै पानवेल फर्महाउसमा गरिएको हो। गीतको सुटिङ चार दिन लगाएर तीन जनाले गरेको सलमानले बताएका छन्। गीतमा पानवेल फार्महाउका सुन्दर दृश्यहरु देखाइएको छ।

गीतको सुटिक लकडाउनको पूर्ण पालना गर्दै सीमीत स्रोत र साधनका बीचमा गरिएको हो। ७ हप्ताअघि फार्महाउसमा आएका सलमान त्यही लकडाउनमा परेपछि गीतको सुटिङको योजना बताएको बताउँछन्।

अभिनेत्री जैकलिनले पनि यो गीतबाट आफूलाई ठूलो अनुभव भएको प्रतिक्रिया दिएकी छन्। उनले आफूसँग जे उपलब्ध छ त्यहीबाट काम गर्नुपर्छ भनेर सिकेको प्रतिक्रिया दिएकी छन्।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .