ad ad

कारोबार


विकास खर्च २५ प्रतिशत मात्रै हुनु सरकारको ठूलो असफलताः कार्की

विकास खर्च २५ प्रतिशत मात्रै हुनु सरकारको ठूलो असफलताः कार्की

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १०:५७,

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोरोनालाई नजरअन्दाज गर्दै नीति र सिद्धान्त ल्याएको बताएका छन्।

पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले मानव जीवनको रक्षा गर्दै सिद्धान्तहरु आउनुपर्ने भएपनि कोरोनालाई नजरअन्दाज गरेर परम्परागत ढंगबाट सिद्धान्त र प्राथमिकताहरु आएको बताए। नेपाली जनताको जीवन रक्षाकालागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र चलायमान बनाउने अवस्थामा सरकारले त्यसो गर्न नसकेको उनले बताए।

सरकारले अघि सारेका सिद्धान्त र प्राथमिकताका कारण मुलुकको अर्थतन्त्र धरासायी बन्ने र नेपालीको जीवन कष्टकर हुन सक्ने चेतावनी उनले दिए। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै उनले फागुनसम्म विकास खर्च २५ प्रतिशत मात्रै हुनु अहिलेको सरकारको ठूलो असफलता भएको बताए। सरकारको खर्चमा सिथिलता, नीजि क्षेत्रप्रतिको अविश्वास र बढ्दो भ्रष्टाचारका कारण नेपाली अर्थतन्त्र सिथिल हुँदै गएको उनले बताए।

निर्वाचनको समयमा स्थिर सरकार र सुखि नेपाली समृद्ध नेपालको नारा दिएपनि तेस्रो बजेट ल्याउने तयारी हुँदासमेत राष्ट्रिय गौरवका योजनाहरुको प्रगति शून्यप्राय रहेको उनले बताए।

उनले भने, ‘सरकार तेस्रो बजेट ल्याउने तयारीमा छ । निर्वाचनमा स्थिर सरकार र सुखि नेपाली समृद्ध नेपालको नारा लगायौँ। तर तेस्रो बजेट ल्याउँदै गर्दा यो सरकारले विगत २ वर्षमा राष्ट्रिय गौरबका आयोजनाहरुको अवस्था चिन्ताजनक छ ३३ अर्बका लागतमा आर्थिक वर्ष २०७४/२०७५ मा सम्पन्न गर्ने भनिएको मध्यपहाडी लोकमार्ग लागतको लागत बढेर ८४ अर्ब पुगेको छ । २०७९/०८० सम्म सम्पन्न गर्ने भनिएको छ। ४७ अर्बको हुलाकी राजमार्ग अहिले ६५ अर्ब लागत पुग्यो। सिक्टाको लागत झण्डै दोब्बर भएको छ।’

उनले अगाडि थपे, ‘२०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको कर्णाली राजमार्ग १० वर्ष पर धकेलिएको छ। नीजगढ विमानस्थलको प्रगति शून्य छ। आजको मितिसम्म विद्यूत क्षेत्रमा भारतबाट ५५ अर्बको निर्यात गरिरहेका छौँ। माथिल्लो तामाकोसी ३५ अरब ९ करोड लागतमा २ वर्ष अगाडी सम्पन्न गरिसक्नुपर्नेमा अहिले लागत ७७ अर्बमा पुगेको छ। माथिल्लो सेती, बुढीगण्डकी आयोजा पनि त्यस्तै छ। ड्रिम प्राजेक्टको रुपमा रहेको मेलम्ची ड्रिममै रहेको छ । यस्तो अवस्थाले कसरी देशको विकास हुन सक्छ। यो गतिले नेपाल कहिले विकास हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .