सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्।
बुधबार सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका बिरामी ६२ वर्षीय रिक स्लेम्यानलाई मासाचुसेट्स जेनरल हस्पिटल, बोस्टनबाट घर पठाइएको हो।
आनुवांशिक इन्जिनियरिङ गरिएको सुँगुरबाट मानिसमा अंग प्रत्यारोपणको प्रयास विगतमा असफल भएका थिए। तर, यसपटक अहिलेसम्मको सफलतालाई वैज्ञानिकहरुले प्रशंसा गरेका छन्।
स्लेम्यानलाई १६ मार्चमा चार घण्टा लामो शल्यक्रियापछि सो मिर्गौला प्रत्यारोपण गरिएको थियो।
उनको मिर्गौलाले अहिले राम्ररी काम गरिरहेको र उनलाई डायलासिसको आवश्यकता अब नरहेको अस्पतालले जनाएको छ।
अस्पताल छाडेर घर जान पाउनु जीवनकै खुसी क्षण भएको उनले बताएका छन्।
स्लेम्यानले २०१८ मा यही अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए। गत सालदेखि मिर्गौला फेलियरको संकेत देखिएपछि उनी डाइलासिसमा जान थालेका थिए।
त्यसमा पनि समस्या देखिन थालेपछि सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न डाक्टरहरुले सल्लाह दिएका थिए। एजेन्सी
Shares
प्रतिक्रिया