राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन नासाले शनि ग्रहको चन्द्र टाइटनमा ड्रोन हेलिकप्टर पुर्याउने भएको छ।
सन् २०३४ सम्ममा नासाले ड्रोन हेलिकप्टर अभियान अन्तर्गत आफ्नो हेलिकप्टर टाइटनमा पुर्याउने उद्देश्य राखेको हो।
यस अभियानका लागि नासाले १ अर्ब अमेरिकी डलर छुट्याएको छ। नासाले ८ वटा ड्रोन हेलिकप्टर शनि ग्रहको चन्द्रमाका लागि लन्च गर्नेछ।
सन् २०२६ बाट पृथ्वी छाड्ने उक्त हेलिकप्टर सन् २०३४ सम्ममा टाइटनमा पुग्ने नासाको दाबी छ।
टाइटनमा पृथ्वीजस्तै हावा, खोला, समुन्द्र, तालहरु रहेको वैज्ञानिकहरुको भनाइ छ।
त्यहाँको तापक्रम माइनस १७९ सेन्टिग्रेड रहेको जनाइएको छ। अर्थात् त्यहाँका पहाडहरु बरफले बनेका छन्।
टाइटन अध्ययनमा ड्रोन हेलिकप्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान छ।
प्रतिक्रिया