फेसबुकको प्यारेन्ट कम्पनी मेटाको बोर्ड अफ डाइरेक्टर्सबाट सेरिल स्यान्डबर्ग बिदा हुने भएकी छन्।
प्रविधि उद्योगको सबैभन्दा वरिष्ठ पदमा पुग्ने महिलामध्ये एक रहेकी स्यान्डबर्गले कम्पनीको भविष्य राम्रो देखिँदै गर्दा त्यहाँबाट हट्नु उचित हुने बताएकी छन्।
आइन्दा उनी कम्पनीको अनौपचारिक सल्लाहकार रहने बताइएको छ। यसअघि उनी मेटाको चिफ अपरेटिङ अफिसर थिइन्।
मेटाका सीईओ मार्क जकरबर्गले कम्पनीमा उनको असाधारण योगदानका लागि धन्यवाद दिए।
फेसबुक सानो कम्पनी छँदै स्यान्डबर्ग यसमा नियुक्त भएकी थिइन्। पहिले गुगलमा काम गरेकी उनले फेसबुकमा विज्ञापन व्यवसायलाई नाफामूलक बनाएकी थिइन्।
उनी छँदै फेसबुक विस्तार हुँदै गयो, यसले इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर पनि किन्यो।
उनका लिन इनः विमिन, वर्क, एन्ड द विल टु लिडजस्ता पुस्तकले उनलाई संसारभर चिनाए।
उनले मेटाको सीओओका रुपमा १४ वर्ष र बोर्ड सदस्यका रुपमा १२ वर्ष काम गरेकी थिइन्। एजेन्सी
Shares
प्रतिक्रिया