ad ad

प्रविधि


उड्ने कार बनाउँदै सुजुकी, एक वर्षभित्र उत्पादन गर्न स्काइड्राइभसँग सम्झौता

उड्ने कार बनाउँदै सुजुकी, एक वर्षभित्र उत्पादन गर्न स्काइड्राइभसँग सम्झौता

नेपालखबर
असार ११, २०८० सोमबार २१:२४, काठमाडौँ

सुजुकी मोटर कर्पोरेशनले उड्ने कार निर्माणका लागि स्काईड्राइभसँग सहकार्यको घोषणा गरेको छ।

सुजुकीले उक्त उड्ने कार जापानमा रहेको सुजुकी ग्रुपको कारखानामा निर्माण हुने बताइएको छ। सुजुकीले उक्त कार सन् २०२४ भित्र बनाइसक्ने लक्ष्य राखेको छ।

सुजुकीले सोही मितिभित्र उत्पादन सक्नेगरी जापानी स्टार्टअप स्काइड्राइभ कम्पनीसँग सम्झौता गरेको हो। यदि, उक्त कार निर्माण भएमा अटोमोबाइल क्षेत्रमा त्यसले राज गर्ने विश्वास गरिएको छ। 

स्काइड्राइभले शिजुओका प्रिफेक्चरमा सुजुकी समूहको प्लान्ट प्रयोग गरी यस्ता कार उत्पादनका लागि सहायक कम्पनी स्थापना गर्ने बताइएको छ। अर्थात् सुजुकीले कार उत्पादनका लागि जग्गा लगायत उत्पादन तयारीका विभिन्न क्षेत्रमा सहयोग गर्नेछ।

स्काइड्राइभले यसअघि नै उड्ने कारको परिकल्पना गरेको थियो। उक्त कार दुई सिटको हुने बताइएकोमा त्यसको डिजाइनमा परिवर्तन गरी कारले तीन जना यात्रु बोक्ने सक्ने बनाउने सहमति भएको छ।

यस्तै उड्ने कार निर्माणका लागि टोयटा र जापान एयरलाइन्सले पनि काम गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .