आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र यसमा बढ्दो आकर्षणको असर ट्युसन पढाउने इन्स्टिच्युट र पुस्तक प्रकाशकहरूमा पनि परेको छ।
विद्यार्थीहरूको आकर्षण जीपीटीतर्फ बढेपछि अनलाइन ट्युसन दिने र पुस्तक प्रकाशन गर्ने ठूला कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएको छ। यससँगै कृत्रिम बुद्धिमत्ता बटहरूले यस्ता कम्पनीको व्यापारमा असर गर्न सक्ने बहस सिर्जना भएको छ।
जीपीटीको विकासपछि अमेरिकी अनलाइन अध्यापन कम्पनी चेगको सेयर मूल्यमा मंगलबार ५१ प्रतिशतले गिरावट आएको छ। यससँगै एक अर्ब डलरभन्दा बढी घाटा कम्पनीलाई भएको छ।
चेगका सीईओ ड्यान रोजेन्सवेगले विद्यार्थीहरूको चासो जीपीटीतर्फ बढेको बताएका छन्। यससँग नयाँ ग्राहकरूको आकर्षण क्रमश: कम हुने सम्भावना बढेको उनले बताएका छन्।
पहिलो चौमासिकमा चेगले १८ करोड ७५ लाख डलर कर तिरेको छ। यो अघिल्लो यही अवधिको तुलनामा ७ प्रतिशतले कम हो।
यसैगरी बेलायती कम्पनी पियर्सनले पनि कुल मुल्यमा ६ प्रतिशतले गिरावट आएको बताएको छ।
Shares
प्रतिक्रिया