मंगलबार सम्पन्न नेपाल-यूएईबीचको फाइनल खेल युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको छ।
ओएसआर स्पोर्टसले १८ घण्टाअघि अपलोड गरेको फाइनल खेलको भिडिओ १५ लाखले हेरेका छन्।
एसीसी प्रिमियर कपको मंगलबार भएको फाइनलमा यूएईलाई हराएपछि नेपाल २१ वर्ष लामो प्रतिक्षापछि एसिया कप क्रिकेट प्रतियोगितामा पुगेको छ।
मंगलबार भएको फाइनल भिडन्तमा यूएईलाई ७ विकेटले पराजित गरेपछि नेपालले २१ वर्ष लामो प्रतिक्षा टुंग्याएको हो। यसअघि नेपालले सन् २००२ मा एसिया कपमा यात्रा गरेको थियो। यस पटक पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ।
युट्युब ट्रेन्डिङको शीर्षस्थानमा रहेको प्रकाश सपूतको गीत सकम्बरी (फूलमाया) दोस्रो स्थानमा झरेको छ। दुई साताअघि अपलोड गरिएको उक्त गीत अहिलेसम्म २१ लाखले हेरेका छन्।
ट्रेन्डिङको तेस्रो र चौंथो स्थानमा पनि नेपाल-यूएईबीचको खेलको भिडिओ रहेको छ।
Shares
प्रतिक्रिया