ट्विटरका मालिक इलोन मस्कले माइक्रोसफ्टविरुद्ध मुद्दा हाल्ने धम्की दिएका छन्।
माइक्रोसफ्टले बिनाअनुमति ट्विटरको डेटा प्रयोग गरेको उनको आरोप छ।
‘उनीहरुले ट्विटरको डेटा प्रयोग गरेर प्रशिक्षण लिए। मुद्दाको समय,’ अर्बपति मस्कले ट्विटरमा भनेका छन्।
माइक्रोसफ्टले आफ्नो कर्पोरेट एड्भटाइजिङ प्लाटफर्मबाट ट्विटरलाई हटाउने बताएपछि उनले यस्तो बताएका हुन्। उनले त्यसको प्रमाण भने दिएका छैनन्।
यसअघि, माइक्रोसफ्टले एक सूचना जारी गर्दै आफ्नो विज्ञापनको प्लटफर्मले टिव्टरलाई सपोर्ट नगर्ने बताएको थियो।
अक्टोबरमा ४४ अर्ब डलरमा ट्विटर किनेपछि मस्कले सो कम्पनीका ८० प्रतिशत कर्मचारी हटाएका छन्। त्यस्तै प्रयोगकर्ताको खाता भेरिफाइ गर्न पनि उनले शुल्क लिन थालेका छन्। एजेन्सी
39
Shares
प्रतिक्रिया