ट्विटरले हटाएको पुरानो लोगो फिर्ता ल्याएको छ। केही दिनअघि मात्र ट्विटरले निलो चरा भएको पुरानो लोगो हटाएर कुकुरको लोगो राखेको थियो।
ट्विटरका मालिक इलोन मस्कले सबैलाई छक्क पार्दै डोजकोइनको लोगो राखेका थिए।
मस्कको सो कदमलाई थुप्रैले मन पराएका थिएनन्।
तर, मस्कको यो कार्यको फाइदा भने डोजकोइनलाई भयो। ट्विटरको लोगो परिवर्तन भइकन डोजकोइनको मूल्यमा ३० प्रतिशतको वृद्धि भएको छ।
तर, मस्कले ट्विटरको पुरानै लोगो फिर्ता ल्याएका छन्।
मस्कले पहिले सो लोगो किन हटाए र किन फिर्ता ल्याए भन्ने कारण भने अझै खुलेको छैन।
48
Shares
प्रतिक्रिया