अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना वितरकहरुलाई आईफोन आइपुग्न अझै लामो समय लाग्न सक्ने बताएको छ।
चीनले कोभिड–१९ नियन्त्रणका लागि लगाएको प्रतिबन्धको कारण विश्वको सबैभन्दा ठूलो आईफोन फ्याक्ट्री बन्द गर्नुपर्ने भएकाले आईफोन वितरणमा ढिलाइ हुन सक्ने कम्पनीले बताएको छ।
एप्पलका अनुसार कम्पनीको चेङझोउमा रहेको कम्पनी चीनको नियमअनुसार निकै कम क्षमतामा सञ्चालन भइरहेको छ। यो फ्याक्ट्री रहेको चिनियाँ क्षेत्र नोभेम्बर २ देखि सात दिनको लागि बन्द गरिएको थियो।
चीनले निरन्तर ‘शून्य कोभिड’ को नीति अख्तियार गरिरहेकाले पनि कम्पनीले पूर्ण क्षमतामा फ्याक्ट्री सञ्चालन गर्न नसकिएको एप्पलले बताएको छ।
एप्पलले जारी गरेको विज्ञप्तिअनुसार महामारीबाट गुज्रिरहेको अवस्थामा कम्पनीले आफ्ना कर्मचारीको सुरक्षालाई पनि ध्यानमा राख्दै आफ्नो काम पनि गरिरहेको छ।
एप्पलले पछिल्लो समय आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको अत्यधिक माग आइरहेको छ। यद्यपि पर्याप्त मात्रामा उत्पादन भने हुन सकेको छैन। जसको कारण उपभोक्ताहरुले अपेक्षित मितिमा फोन नपाउन सक्छन्।
Shares
प्रतिक्रिया