मेटा कम्पनीको सामाजिक सञ्जाल इन्स्टाग्राम सोमबार आठ घण्टाको लागि बन्द भएको छ।
इन्स्टाग्रामले दिएको जानकारीअनुसार सफ्टवेयरको सुरक्षा कमजोरीको कारण कारण उक्त समस्या देखिएको हो।
अहिले भने यो समस्या समाधान गरिएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार सफ्टवेयरमा देखिएको सुरक्षा कमजोरीको कारण हजारौं प्रयोगकर्ता मारमा परेका थिए।
ट्वीट गर्दै इन्स्टाग्रामले सफ्टवेयरको सुरक्षा कमजोरीको कारण केही समय समस्या देखिए पनि अहिले उक्त समस्या समाधान भइसकेको बताएको हो।
यद्यपि केही प्रयोगकर्ताले भने आफ्नो बन्द भएको एकाउन्ट पुनः खोल्न इमेल आईडी र फोन नम्बर मागेको बताएका छन्। यस विषयमा भने इन्स्टाग्रामले कुनै प्रतिक्रिया दिएको छैन।
42
Shares
प्रतिक्रिया