मेटा कम्पनीको फेसबुक प्रयोगकर्ताहरुको गोप्य विवरण चुहाएको विषयको मुद्दा सुल्झाउन सहमत भएको छ।
सानफ्रान्सिस्कोस्थित संघीय अदालतमा फेसबुकविरुद्ध दायर गरिएको मुद्दामा फेसबुकले निजी विवरणहरु तेस्रो पक्षलाई दिएको आरोप लगाइएको छ।
यो मुद्दा सुल्झाउन फेसबुकले कति रकम बुझाउनुपर्ने हो भन्ने सार्वजनिक गरिएको छैन।
तर, अदालतलाई यो मुद्दा ६० दिनसम्म थाती राख्न आग्रह गरिएको छ। यो अवधिमा दुवै पक्षका वकिलहरुले लिखित सम्झौता गर्नेछन्।
चार वर्षदेखि फेसबुकले यो मुद्दा खेप्दै आएको छ। यो सम्झौताको विषयमा फेसबुकले थप जानकारी भने दिएको छैन।
36
Shares
प्रतिक्रिया