चिनियाँ सर्च इन्जिन बैदूले पहिलो चालकरहित रोबोट्याक्सीको अनुमति पाएको छ।
सोमबार बैदूले दुई चिनियाँ सहरका खुला सडकमा सेवा प्रदान गर्नको लागि उक्त अनुमति पाएको उल्लेख गरेको हो।
चीनको दक्षिणपूर्वी चोङकिङ नगरपालिका र वुहानमा व्यावसायिक सेवाको लागि बैदूले अनुमति पाएको हो। यससँगै अब बैदूको रोबोट्याक्सीले मानक चालक विना नै सेवा दिन पाउनेछ। यो नियम सोमबारदेखि कार्यान्वयनमा आएको बैदूले बताएको छ।
बैदूले यसलाई चीनको स्वचालित कारको क्षेत्रम महत्वपूर्ण मोड भएको बताएको छ। यो अनुमति उद्योगको लागि निकै महत्वपूर्ण कुरा भएको बैदूका प्रमुख सुरक्षा अधिकारी वेई डोङले बताए।
सुरुमा बैदूले निःशुल्क रोबोट्याक्सी सेवा सुरु गर्नेछ। अहिले बैदूको कारले चोङकिङमा ३० वर्ष किलोमिटर र वुहानमा १३ वर्ग किलोमिटरको क्षेत्रमा स्वचालित रोबोट्याक्सी सेवा प्रदान गर्ने अनुमति पाएको छ।
अहिले बैदूले बेइजिङ, सांघाई र शेन्जेन सहरका स्थानीय सरकारसँग पनि एक वर्षभित्र स्वचालित रोबोट्याक्सीको अनुमति प्राप्त गर्नको लागि कुरा गरिरहेको छ। बैदूको रोबोट्याक्सी सेवा एपोलो गो विभिन्न १० चिनियाँ सहरमा परीक्षण सुरु गरेको थियो।
त्यसयता रोबोट्याक्सीमार्फत उसले १० लाख सेवा प्रदान गरिसकेको छ। यो क्रममा उसले कुनै समस्या आएको वा यो प्रोजेक्टको लागि गरिएको लगानीको विषयमा भने कुनै जानकारी दिएको छैन।
Shares
प्रतिक्रिया