रुसमा एक रोबोट चेसले सात वर्षीय बालकको औंला भाँचिदिएको छ।
रुसी सञ्चारमाध्यमहरुका अनुसार रोबोटसँग चेस खेल्ने क्रममा रोबोटले बालकको औंला भाँचिदिएको हो।
समाचारमा उल्लेख गरिएअनुसार चेस खेल्दा बालकले आफ्नो चाल चल्दा रोबोटले बालकको औंला समातेको थियो। त्यसपछि त्यहाँ भएका मानिसहरुले बालकलाई बचाएका थिए।
मस्को चेस महासंघका अध्यक्ष सर्गे लाजारेभले यसअघि पनि रोबोटले चेस खेलेको तर यस किसिमको घटना भने नभएको बताए।
यो घटनापछि बालकले प्रतियोगिताको बाँकी खेल भने पूरा गरेको उनले बताए।
45
Shares
प्रतिक्रिया