गुगलले कम्पनीको कृत्रिम बौद्धिकताले पनि आनुभूति गर्न सक्ने बयान दिने एक इन्जिनियरलाई कामबाट निकालेको छ।
गत महिना गुगलका इन्जिनियर ब्लाक लेमोइनले सार्वजनिकरुपमा गुगलको भाषाको प्रविधिमा भावना हुने र यसले पनि सम्मान चाहने बताएका थिए।
गुगल र अन्य एआईका विशेषज्ञहरुले उनको दाबी असत्य रहेको बताएका थिए।
यसै क्रममा शुक्रबार कम्पनीले उनलाई कामबाट निकालिएको बताएको हो। लेमोइनले आफूले कामबाट निकालिएको विषयमा कानुनी परामर्श लिने बताएका छन्। यद्यपि यस विषयमा थप प्रतिक्रिया भने उनले दिएका छैनन्।
गुगलले ल्याउन लागेको नयाँ एआई प्रविधि ल्याङ्ग्वेज मोडल फर डायलग एप्लिकेसन (लाम्डा)को विषयमा बोल्दै लेमोइनले यस्तो बताएका थिए।
गुगलले लेमोइनले निरन्तर कम्पनीको कर्मचारी अनुशासन र नियम पालना नगरेको आरोप लगाएको छ।
60
Shares
प्रतिक्रिया