सामाजिक सञ्जाल कम्पनी ट्वीटरले अर्बपति इलोन मस्कको कारण आफ्नो आम्दानी घटेको र विज्ञापनको बजार कमजोर बनेको आरोप लगाएको छ।
शुक्रबार कम्पनीले ४४ अर्ब डलरमा मस्कले गरेको खरिद सम्झौताको कारण डिजिटल विज्ञापनमा उल्लेख्य कमी आएको बताएको हो।
यसअघि ट्वीटरले सन् २०२२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो। विवरणअनुसार कम्पनीको आम्दानी उक्त अवधिमा एक अर्ब १८ करोड डलर रहेको थियो।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको आम्दानी १ अर्ब १९ करोड डलर थियो। विशेषज्ञहरुले उक्त अवधिमा ट्वीटरको आम्दानी १ अर्ब ३२ करोड डलर रहने अनुमान गरेका थिए।
सो अवधिमा विज्ञापनबाट हुने आम्दानी पनि केवल दुई प्रतिशत बढेर एक अर्ब ८ करोड डलरमा पुगेको छ। विज्ञापनबाट यो अवधिभा १ अर्ब २२ करोड डलर आम्दानी हुने अपेक्षा थियो।
ट्वीटरले खरिद सम्झौताको पालना नगरेको आरोप लगाउँदै मस्कले भने ट्वीटरसँगको खरिद सम्झौता रद्द गर्ने निर्णय गरिसकेका छन्। मस्कको यो निर्णयप्रति आपत्ति जनाउँदै ट्वीटरले उनीविरुद्ध मुद्दा दायर गरेको छ।
Shares
प्रतिक्रिया