अमेरिकी प्रविधि कम्पनी एप्पलले साइबरबाट आफ्ना प्रयोगकर्तालाई बचाउन नयाँ फिचर ल्याएको छ।
एप्पलले अब आउने नयाँ अपरेटिङ सिस्टममा ‘लकडाउन मोड’ ल्याउने तयारी गरेको हो। यो फिचर कम्पनीको सबै आईफोन, आईप्याड र म्याकबुकमा आउनेछ।
अहिले कम्पनीले अघि सारेको फिचरले केही फंक्सनलाई रोक्ने गर्छ भने अपरिचित व्यक्तिबाट कल आउँदैन। एप्पलका डिभाइसहरु नै साइबर आक्रमणमा चपेटामा परेको समाचार आइरहेको समयमा एप्पलले नयाँ योजना अघि सारेको हो।
अहिले एप्पलले इजरायली कम्पनी एनएसओ ग्रुपविरुद्ध मुद्दा लडिरहेको छ।
पेगासस स्पेवेयरको माध्यमबाट विभिन्न १५० मुलुकमा आफ्नो डिभाइस प्रयोगकर्ताहरु प्रभावित भएको भन्दै एप्पलले कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
एनएसओको सफ्टवेयरले आईफोन तथा एन्ड्रोइड डिभाइसमा म्यासेज, फोटो र इमेल, कल रेकर्डजस्ता जानकारी चोर्ने गरेको र गोप्यरुपमा माइक्रोफोन र क्यामेरा पनि एक्टिभेट गर्ने गरेको खुलेको थियो।
एनएसओ ग्रुपले भने आतंकवादी गतिविधि नियन्त्रणका लागि यो सफ्टवेयर सैन्य तथा गुप्तचर संस्थालाई मात्र प्रदान गर्ने गरेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ।
Shares
प्रतिक्रिया