एप्पलले जापानमा आईफोनको भाउ करिब २० प्रतिशतले बढाएको छ।
पछिल्लो समय कमजोर बनेको जापानी मुद्रा र बढ्दो मुद्रास्फीतिको कारण एप्पलले आईफोनको भाउ बढाएको हो।
यससँगै जापानमा आईफोन १३ को भाउ १ लाख १७ हजार येन पुगेको छ। यसअघि यसको भाउ ९९ हजार ८ सय येन थियो।
यस वर्षको सुरुवातयता जापानी मुद्रा अमेरिकी डलरको तुलनामा १८ प्रतिशतले कमजोर भइसकेको छ। जसको कारण जापानमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा रहेको आईफोनको भाउ पनि बढेको हो।
पछिल्लो केही वर्षयता जापानमा धेरै उत्पादनको भाउ एकैनासको रहँदै आएको छ।
यस्तोमा एप्पलले भने आफ्नो उत्पादनको भाउ बढाएको हो। जापानमा आईफोनको भाउ बढाएको विषयमा एप्पलले कुनै प्रतिक्रिया भने दिएको छैन।
204
Shares
प्रतिक्रिया