डेनमार्कमा रोजगार खोजी सेवा प्रदायक जबइन्डेक्सले गुगलमाथि बजारमा एकाधिकार जमाएको भन्दै मुद्दा दायर गरेको छ।
गुगलले अस्वस्थरुपमा आफ्नै रोजगार खोजी सेवालाई प्राथमिकता दिएको भन्दै जबइन्डेक्सले मुद्दा हालेको हो। जबइन्डेक्सले युरोपेली संघको नियामकसँग गुगलमाथि बजार एकाधिकारको मुद्दा हालेको हो।
तीन वर्षअघि ईयूकी एकाधिकार मुद्दा मामिला प्रमुख मर्गेथ भेस्टागरले गुगलको रोजगारी खोजी सेवाको एकाधिकारको विषयमा अध्ययन गरिरहेको तर यस विषयमा अहिले नै कुनै पनि कदम नचाल्ने बताएकी थिइन्। अब उनलाई यस विषयमा थप कदम चाल्न सहयोग पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
युरोपेली आयोगले स्ट्याण्डर्ड मापदण्डअनुसार यो मुद्दा अघि बढाइने बताएको छ।
पछिल्लो केही वर्षमा गुगलविरुद्ध युरोपेली आयोगले ८ अर्ब युरोभन्दा धेरै जरिवाना गरिसकेको छ।
Shares
प्रतिक्रिया