चीनले बिहीबार चीनवटा रिमोट सेन्सरबाट चल्ने स्याटेलाइट प्रक्षेपण गरेको छ ।
चीनको सिचुवान प्रान्तस्थित सिचाङ स्याटेलाइन प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो। बिहीबार चीनले प्रक्षेपण गरेको याओगन–३५ परिवारको दोस्रो ब्याचको रुपमा उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार प्रक्षेपण गरिएको स्याटेलाइट सफलतापूर्वक कक्षमा प्रवेश गरिसकेको छ।
यस्ता स्याटेलाइटहरु विशेषगरी वैज्ञानिक प्रयोग, जमिनको स्रोत सर्वेक्षण, कृषि उत्पादनको आकलन र संकट निवारण तथा न्यूनीकरणको लागि प्रयोग हुनेछन्।
चीनको लङ मार्च सिरिज क्यारियर रकेटको ४२४ औं मिसन हो।
चीनले याओगन–३५ स्याटेलाइटको पहिलो ब्याच गत वर्षको नोभेम्बर ६ मा प्रक्षेपण गरेको थियो।
114
Shares
प्रतिक्रिया