सामाजिक सञ्जाल ट्वीटरले लामो पोस्ट राख्न मिल्ने नयाँ फिचर ल्याउने भएको छ।
बुधबार ट्वीटरले लामो पोस्ट राख्न सकिने ‘नोट्स’ फिचरको परीक्षण गर्न गइरहेको बताएको हो। यो फिचरसँगै मानिसहरुले ट्वीटरमा लामो टेक्स्ट राख्न सक्छन्।
ट्वीटरले अहिले नयाँ फिचरको विषयमा काम भइरहेको र केही सीमित लेखकलाई मात्र यसमा पोस्ट गर्ने अधिकार प्रदान गरिएको बताएको छ। यद्यपि यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन।
अहिले ट्वीटरमा २८० अक्षरको ट्वीट मात्र गर्न सकिन्छ। यो फिचर करिब पाँच वर्षअघिदेखि परीक्षण हुँदै आएको छ।
गत अप्रिल महिनामा ट्वीटरले आगामी दिनमा आफ्नो ट्वीट इडिट गर्न सकिने फिचर ल्याउने तयारी गरिरहेको बताएको थियो।
अर्बपति इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिदको सम्झौता गरेका छन्।
42
Shares
प्रतिक्रिया