बेलायतको बजार प्रतिस्पर्धा नियामकले एप्पल र गुगलमाथि मुद्दा लगाउने तयारी भइरहेको बताएको छ।
गुगलले आफ्नो मोबाइल ब्राउजरमा अन्य सेवालाई प्रतिबन्ध लगाएको र एप्पलले आफ्नो एप स्टोरको माध्यमबाट अन्य क्लाउड गेमिङमाथि प्रतिबन्ध लगाउन नियामकको भनाइ छ।
बेलायती प्रतिस्पर्धा नियमक सीएमएले शुक्रबार एल्फाबेटको गुगलविरुद्ध एप स्टोरको भुक्तानीको अभ्यासबारे पनि कानुनी कदम चाल्न सक्ने बताएको छ।
यी दुई कम्पनीले बजारमा रहेको आफ्नो आधिपत्यको फाइदा उठाउँदै अन्य कम्पनीलाई सेवामा अवरोध पुर्याउँदै आएको आरोप छ।
कसैले मोबाइल प्रयोग गर्दा यी दुई कम्पनीले प्रयोगकर्तालाई आफ्नै सेवा मात्र प्रयोग गर्न बाध्य गराउने किसिमका व्यवस्था गरेका छन्।
गत वर्ष बेलायतमा प्रयोग भएका ९७ प्रतिशत मोबाइल वेब ब्राउजर एप्पल वा गुगलको इन्जिनबाट चलेका थिए। त्यसका साथै एप्पलले आफ्नो ब्राउजरमा अन्य कम्पनीका सेवालाई प्रतिबन्धसमेत लगाएको पाइएको थियो।
Shares
प्रतिक्रिया