युरोपेली संघ (ईयू)ले सबै मोबाइल फोनको चार्जर एउटै राख्न निर्माता कम्पनीहरुलाई निर्देशन दिएको छ।
मंगलबार ईयूका नेताहरु सबै किसिमको मोबाइल फोन, ट्याबलेट र क्यामेरामा प्रयोग हुने चार्जर यूएसबी टाइप–सी एउटै राख्नुपर्ने नियममा सहमत भएका हुन्।
यससँगै २०२४ सम्म एप्पलले पनि आईफोनको कनेक्टर परिवर्तन गर्नुपर्ने भएको छ। युरोपेली आयोगले यस किसिमको प्रावधानले आगामी दिनमा उपभोक्ताको जनजीवन सहज हुने र उनीहरुको रकम पनि बचत हुने बताएको छ।
यसअघि कम्पनीहरुको बीचमा एउटै चार्जर राख्ने विषयमा सहमति हुन नसकेसँगै ईयूले राजनीतिकरुपमा हस्तक्षेप गर्दै यस्तो निर्णय गरेको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार अहिले आईफोनको लागि लाइटनिङ केबलको प्रयोग भइरहेकोमा एप्पलले आगामी वर्ष सार्वजनिक हुने नयाँ आईफोनको लागि भने यूएसबी–सी कनेक्टरको प्रयोग गर्ने तयारी गरिरहेको छ।
Shares
प्रतिक्रिया