अमेरिकी अर्बपति इलोन मस्कले ट्वीटरसँग भएको ४४ अर्ब डलरको सम्झौता रद्द गर्न सक्ने चेतावनी दिएका छन्।
ट्वीटरले प्लेटफर्मको युजर बेसबारे जानकारी लिन गरेको प्रयासलाई विफल पार्ने प्रयत्न भइरहेको भन्दै मस्कले यस्तो चेतावनी दिएका हुन्।
यसअघि मस्कले सामाजिक सञ्जालका नक्कली खाता हटाउने विषयमा आफ्नै योजना लागू गर्ने बताएका थिए।
उनले ट्वीटरमा दैनिकरुपमा पाँच प्रतिशतभन्दा धेरै दैनिक प्रयोगकर्ता नक्कली भएको बताएका थिए। ट्वीटरले भने आफ्नो अनुमानको बचाउ गर्दै आएको छ।
मस्कले ट्वीटरले प्रयोगकर्ताको विवरण उपलब्ध नगराएर ट्वीटरले आफ्नो सूचनाको हकसमेत खोसेको आरोप लगाएका छन्।
अहिले देखिएको विवादसँगै गत अप्रिलमा ट्वीटर बोर्डले पारित गरेको निर्णयबारे आशंका बढेको छ।
252
Shares
प्रतिक्रिया