चीनले आफ्नो अन्तरिक्ष स्पेस स्टेसन निर्माणको अन्तिम चरणको कार्य सम्पन्न गर्न तीन वैज्ञानिकलाई पठाएको छ।
आइतबार बिहान चीनले शेङ्झोउ १४ रकेटबाट उनीहरुलाई स्पेस स्टेसनतर्फ पठाइएको साउथ चाइना मर्निङ पोस्टले बताएको छ।
उनीहरु अबको ६ महिना टियाङगोङ स्पेस स्टेसनमा रहनेछन्।
उत्तरी चीनको गोबी मरुभूमिबाट पठाइएको उक्त रकेट करिब ४ सय किलोमिटर माथि रहेको उक्त स्पेस स्टेसनसम्म पुग्न सात घण्टाभन्दा कम समय लाग्नेछ।
चीनको मानवसहितको स्पेस एजेन्सी (सीएमएसए)ले शेन्झोउ १४ को प्रक्षेपण सफल भएको बताएको छ। सीएमएसएका अनुसार अहिले पठाइएका वैज्ञानिकहरुको अवस्था पनि राम्रो छ।
चीनले अबको केही समयमा थप तीनजनालाई स्पेस स्टेसनमा पठाउने योजना बनाएको छ। यससँगै पहिलोपटक चीनको स्पेस स्टेसनमा ६ जना अन्तरिक्षयात्री रहनेछन्।
पछिल्लो समय चीनले आफ्नो अन्तरिक्ष अध्ययनमा लगानी बढाउँदै लगेको छ।
Shares
प्रतिक्रिया