फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख सञ्चालन अधिकृत (सीओओ) शेरल स्यान्डवर्गले आफ्नो पद छाड्ने भएकी छिन्।
बुधबार फेसबुक पोस्टमार्फत स्यान्डवर्गले आफू कम्पनीबाट बाहिरिन गइरहेको बताएकी हुन्।
फेसबुकलाई विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल बनाउने क्रममा उनले सीईओ मार्क जुकरवर्गसँग पनि निकट रहेर काम गरेकी थिइन्।
स्यान्डवर्गको निर्णयसँगै फेसबुकको शेयरको भाउमा पनि गिरावट आएको थियो।
स्यान्डवर्गले सन् २००८ मा आफूले यो जागिर सुरु गर्दा यो जागिरमा पाँच वर्ष रहने सोच रहेको र अहिले त्यसको १४ वर्षपछि आफूले जीवनको नयाँ अध्याय सुरु गर्न गइरहेको उल्लेख गरेकी छिन्।
अब मेटाको प्रमुख सञ्चालन अधिकृतको रुपमा प्रमुख वृद्धि अधिकृत जाभियर ओलिभन रहने सीईओ जुकरवर्गले बताएका छन्। ओलिभनले तत्कालै स्यान्डवर्गको सबै जिम्मेवारी भने निर्वाह गर्नेछैनन्।
Shares
प्रतिक्रिया