जोबी एभिएसन इंक कम्पनीले अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए)बाट अनुमति पाएको छ।
यससँगै अब कम्पनीले मौजुदा विमानबाट व्यावसायिक ट्याक्सी सेवा प्रदान गर्न सक्छ।
कम्पनीले आवश्यक अनुमति पाए पनि अझै पनि व्यावसायिक रुपमा सेवा सञ्चालनको लागि भने उसले अझै धेरै झमेलाको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। कम्पनीले पाँच सिटे विमानबाट यात्रुहरुलाई हवाई ट्याक्सी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
कम्पनीले सन् २०२४ सम्ममा अमेरिकामा हवाई ट्याक्सी सवा सुरु गर्न सक्ने अपेक्षा गरेको छ। यो समाचार सार्वजनिक भएसँगै शुक्रबार कम्पनीको शेयर ८ प्रतिशतले बढेको छ।
कम्पनीले यसअघि हवाई ट्याक्सी सेवा सञ्चालनको अनुमति तथा हवाई विमान उत्पादनको क्रममा यस वर्षको सुरुवाती तीन महिनामा ६ करोड २३ लाख अमेरिकी डलर नोक्सानीको विवरण सार्वजनिक गरेको छ।
Shares
प्रतिक्रिया