फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मायरले विश्वव्यापी डिजिटल कर सम्झौता तयार हुन सन् २०२३ को अन्तिम वा २०२४ को सुरुवातसम्म लाग्ने बताएका छन्।
मंगलबार उनले यस वर्षको मध्यसम्ममा हस्ताक्षर हुन सक्ने भनिएको सम्झौता तयार हुन अझै समय लाग्न सक्ने बताएका हुन्।
विश्वव्यापी डिजिटल कर सम्झौताले एप्पल, गुगलजस्ता विश्वभरका प्रमुख प्रविधि कम्पनीमाथि कर लगाउने अधिकार प्रदान गर्नेछ। यसमा अन्तर्राष्ट्रिय कम्पनीहरुमाथि १५ प्रतिशतसम्मको कर लगाउने योजना छ।
फ्रान्सेली अर्थमन्त्री मायरले आफूहरुले यो कर सम्झौताको लागि विश्वका सबै मुलुकलाई मनाउने प्रयास गरिरहेको बताएका छन्।
यद्यपि यो सम्झौतामा हस्ताक्षर भएर कार्यान्वयनमा आउन भने सन् २०२३ को अन्तिम वा २०२४ को सुरुवातसम्म लाग्न सक्ने उनको भनाइ छ।
गत वर्षको अक्टोबर महिनामा विश्वभरका १४० मुलुकहरु अन्तर्राष्ट्रिय कर प्रणालीको नियम पुनर्लेखन गर्न तयार भएका थिए।
यसको कार्यान्वयनको लागि सन् २०२३ सम्मको म्याद दिइएको थियो।
Shares
प्रतिक्रिया