अमेरिकी प्रविधि कम्पनी एप्पलले चीनबाहिर आफ्नो उत्पादन बढाउने भएको छ।
अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीका निकट स्रोतले दिएको जानकारीअनुसार एप्पल चीन बाहिरको व्यापारमा जोड दिने पक्षमा पुगेको हो।
एप्पलले यसअघि नै आफ्नो उत्पादन केन्द्र रहेका भारत र भियतनाम एप्पलको लागि सम्भावित विकल्प हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
कोरोना महामारी नियन्त्रणको लागि लगाइएको लकडाउन तथा चीनमा देखिएको कमजोर माग र उत्पादनका कारण आगामी दिनमा आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ।
त्यसैले एप्पलले चीनभन्दा बाहिर आफ्नो उत्पादन बढाउने निर्णय गरेको हो।
एप्पलले चीनको महामारीविरुद्धको नीति र अन्य कारणले गर्दा आफूले चीन बाहिर उत्पादन बढाउने निर्णय गर्नुपरेको बताएको छ।
यद्यपि यस विषयमा एप्पलले आधिकारिकरुपमा भने कुनै जानकारी दिएको छैन।
Shares
प्रतिक्रिया