अमेरिकी स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्स इटालीमा कर विवादको मुद्दा सुल्झाउन ५ करोड ९० लाख डलर बुझाउन सहमत भएको छ।
शुक्रबार कम्पनीको स्रोतले कम्पनीले उक्त मुद्दा सुल्झाउने सम्झौता गरेको जानकारी दिएको हो।
कम्पनीमाथि सन् २०१५ देखि २०१९ सम्मको कर नबुझाएको आरोप छ। नेटफ्लिक्सका प्रवक्ताले यो मुद्दा सुल्झिएको भन्दै खुसी व्यक्त गरेका छन्।
उनले निरन्तर इटालीका अधिकारीहरुको सम्पर्कमा रहेको र यस मामिलामा उनीहरुलाई अनुसन्धानको लागि पनि सहयोग गरेको बताए।
नेटफ्लिक्समाथि तीन वर्षअघि देखि कर नबुझाएको विषयमा अनुसन्धान सुरु भएको थियो।
इटालीमा नेटफ्लिक्सको कुनै पनि कार्यालय नभएको कारण उसले स्थानीय पूर्वाधारमा आधारित रहेर सेवा प्रदान गर्दै आएको थियो।
यस्तोमा उसले त्यसको लागि कर तिर्नुपर्ने इटालीको दाबी थियो। यो विवाद निस्किएपछि नेटफ्लिक्सले इटालीमा आफ्नै कार्यालय स्थापना गरेको छ।
Shares
प्रतिक्रिया