ad ad

प्रविधि


चिनियाँ फाइभजी उपकरणमा प्रतिबन्ध लगाउँदै क्यानडा

चिनियाँ फाइभजी उपकरणमा प्रतिबन्ध लगाउँदै क्यानडा

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ८:३, काठमाडौँ

क्यानडाले चिनियाँ प्रविधि कम्पनीहरु हुवावेई र जेडीई कम्पनीको फाइभजी उपकरणमा प्रतिबन्ध लगाउने भएको छ।

बिहीबार क्यानडाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको हो।

यसअघि नै अमेरिका, बेलायतसहित फाइभ आईज गुप्तचर विवरण साझेदार मुलुकले चिनियाँ फाइभजी उपकरणमाथि प्रतिबन्ध लगाइसकेका छन्। 

क्यानडाका उद्योगमन्त्री फ्रान्कोइस–फिलिप काम्पाङगेले आफूहरुले फाइभजी नेटवर्कमा हुवावेई र जेटीईको उपकरणलाई बहिस्कार गर्ने सोच बनाएको बताए।

उनले चिनियाँ कम्पनीका उपकरणको प्रयोगमा रोक लगाउने र यसअघि प्रयोग भइसकेका उपकरण पनि हटाउने घोषणा हुने बताएका छन्। 

यसअघि नै क्यानडाले चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको थियो। तर, दुई मुलुकबीचको कूटनीतिक तनावको कारण यो निर्णय रोकिएको थियो।

फाइभआइजका मुलुकहरु अमेरिका, बेलायत, अष्ट्रेलिया र न्युजिल्याण्डले यसअघि नै चिनियाँ प्रविधि कम्पनीको फाइभजी उपकरणमा प्रतिबन्धको घोषणा गरिसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .