निरन्तर ग्राहक संख्यामा गिरावटको सामना गरिरहेको भिडियो सेवा प्रदायक नेटफ्लिक्सले आफ्ना १५० कर्मचारीलाई बिदा दिएको छ।
गत महिना नेटफ्लिक्सले आफ्नो ग्राहकको संख्यामा ठूलो गिरावट आएको बताएको थियो।
नेटफ्लिक्सले अमेरिकास्थित कार्यालयमा काम गरिरहेका कर्मचारीलाई बिदा दिएको हो। यो संख्या नेटफ्लिक्सको समग्र उत्तर कोरियाको जनशक्तिको २ प्रतिशतबराबर हो।
कम्पनीले आम्दानीमा देखिएको गिरावटलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएको छ।
कम्पनीको यो निर्णय कुनै पनि कर्मचारीको प्रदर्शनलाई ध्यानमा राखेर भन्दा पनि व्यवसायको आवश्यकतालाई लिएर गरिएको बताइएको छ।
गत अप्रिलमा नेटफ्लिक्सले सन् २०२२ को सुरुवाती ३ महिनामा आफ्ना २ लाख सस्क्राइबर्स घटेको तथ्यांक सार्वजनिक गरेको थियो।
39
Shares
प्रतिक्रिया