भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको समग्र बजार मूल्य पछिल्लो एक सातामा ८ खर्ब अमेरिकी डलरभन्दा धेरैले घटेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार क्रिप्टोकरेन्सीको समग्र बजार भाउ १४ अर्ब डलरमा झरेको छ।
पछिल्लो समय जोखिमपूर्ण क्षेत्रको सम्पत्तिमा कायम रहेको सहज नीति हटाइएसँगै क्रिप्टोकरेन्सीको भाउमा पनि गिरावट देखिएको हो।
समग्र क्रिप्टोकरेन्सीको ४० प्रतिशतको हिस्सा ओगट्ने बिटक्वाइनको भाउ मंगलबार पछिल्लो १० महिनायताकै कमजोर बनेको थियो।
गत नोभेम्बर महिनामा बिटक्वाइनको भाउ ६९ हजार डलर पुगेको थियो। तर, मंगलबार यसको भाउ ३१ हजार डलरमा झरेको छ।
गत अप्रिल २ मा समग्र क्रिप्टोकरेन्सीको बजार मूल्य २२ खर्ब अमेरिकी डलर आइपुगेको थियो।
नोभेम्बरको सुरुमा यो मूल्य २९ खर्ब अमेरिकी डलर पुगेको थियो।
Shares
प्रतिक्रिया