नेटफ्लिक्सले आफ्ना सबस्क्राइबर्सको संख्यामा ठूलो गिरावट आएको बताएको छ।
कम्पनीले आगामी दिनमा अझै लाखौं सबस्क्राइबर्स घट्न सक्ने बताएको छ। यससँगै कम्पनीको समग्र बजार भाउमा पनि ५० अर्ब डलरको नोक्सानी देखिएको छ।
नेटफ्लिक्स अहिले अन्य प्रतिस्पर्धी स्ट्रिमिङ प्लेटफर्मको सामना गरिरहेको छ।
कम्पनीले पछिल्लो समय सेवा लिनेहरुको लागि भाउ बढाएको र रुसमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेकाले त्यसको असर उसको व्यापारमा देखिएको हो।
नेटफ्लिक्स पासवर्ड शेयरिङ्गलाई रोक्ने योजनामा पनि काम गरिरहेको छ।
एक अनुमानअनुसार अहिले करिब १० करोड मानिसले पैसा नतिरी अन्य कसैको पासवर्डको माध्यमबाट स्ट्रिमिङ सेवा प्रयोग गरिरहेका छन्।
63
Shares
प्रतिक्रिया