शनिबार चिनियाँ टियाङगोङ स्पेस स्टेसनबाट तीनजना अन्तरिक्षयात्री फर्किएका छन्।
अन्तरिक्षयात्रीहरुलाई स्पेस स्टेसनबाट पृथ्वीमा अवतरण हुन ९ घण्टा लागेको थियो।
अघिल्लोपटक सोही स्पेस स्टेसनबाट पृथ्वीमा अन्तरिक्षयात्रीलाई ल्याउन करिब २४ घण्टा लागेको थियो।
शनिबार बिहान चीनको इनर मंगोलियामा शेन्झोउ १३ क्याप्सुल अवतरण गराइएको हो।
अवतरणको लागि तीन पारासुट प्रयोग गरी क्याप्सुलको गति घटाइएको थियो।
पहिलोपटक चिनियाँ अन्तरिक्षयात्री यति लामो समय अन्तरिक्षमा बसेका हुन्।
पछिल्लो समय चीनले अन्तरिक्ष कार्यक्रमको लागि उल्लेख्य रकम खर्च गरेको छ।
साथै उसले अन्तरिक्ष कार्यक्रमको लागि आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै जाने उल्लेख गरेको छ।
174
Shares
प्रतिक्रिया