रुसको एक अदालतले अमेरिकी प्रविधि कम्पनी मेटालाई चरमपन्थी समूह घोषणा गरेको छ।
साथै मेटा ग्रुपका दुई उत्पादन फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्धको फैसला सुनाएको छ। यद्यपि यो फैसला मेटाकै अर्को समाजिक सञ्जाल ह्वाट्सएपमाथि भने लागू हुनेछैन।
रुसको अदालतले चरमपन्थी संगठनको रुपमा घोषणा गरेसँगै रुसमा मेटा कम्पनीलाई आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) र विपक्षी नेता एलेक्सी नाभाल्नीसँग जोडिएका संगठनलाई जस्तै नियम लागू हुनेछ।
रुसमा मार्च ४ यता फेसबुकमा प्रतिबन्ध लगाइएको छ।
यसअघि फेसबुकले युक्रेनमाथि रुसले गरेको आक्रमणका सामग्रीलाई सामाजिक सञ्जालमा अनुमति दिने निर्णय गरेको थियो। रुसले त्यसको विरोध गरेको थियो।
42
Shares
प्रतिक्रिया